share 491 काठमाडौं । चिनियाँ मोबाइल कम्पनी टेक्नोले आफ्ना स्मार्टफोनहरूमा डिपसिक एलएलएम एआई प्रविधि समावेश गरेको छ। यस नवीनतम प्रविधिले फोनलाई अझ स्मार्ट, छिटो र प्रभावकारी बनाउने कम्पनीको दाबी गरेको हो । डिपसिक एलएलएमले भ्वाइस कमान्ड, स्मार्ट क्यामेरा, द्रुत अनुवादजस्ता सुविधा सहज बनाउँदै प्रयोगकर्तालाई दैनिक कार्य सरल पार्न मद्दत पुर्याउने कम्पनीले जनाएको छ। विद्यार्थी, व्यवसायी र प्रविधि प्रेमीहरूका लागि यो प्रविधि उपयोगी हुने विश्वास कम्पनीले समेत व्यक्त गरेको छ । किफायती मूल्यमा अत्याधुनिक प्रविधि ल्याउँदै आएको टेक्नो स्मार्टफोन ठुलो डिस्प्ले, शक्तिशाली क्यामरा र टिकाउ ब्याट्रीका कारण नेपाली बजारमा लोकप्रिय हुँदै आएको छ। एआई समावेशसँगै टेक्नोले नेपालभरका प्रयोगकर्तालाई स्मार्ट र सहज प्रविधि अनुभव गराउने लक्ष्य राखेको कम्पनीले जनाएको छ । पोस्टको नेभिगेसन बमजनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरूमाथि अमानवीय व्यवहार, हत्कडीसहित काठमाडौं ल्याइयो