काठमाडौं । राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार भएको राजावादी प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, पशुपति खड्का, कथित धर्मगुरु पुष्कर खतिवडासहित ९ जनाविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’ अन्तर्गत म्याद थप गरिँदैछ।
काठमाडौं प्रहरी परिसरका अनुसार उनीहरूलाई आइतबार जिल्ला अदालतमा पेश गरिनेछ। प्रहरीका अनुसार उनीहरूविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’ का रुपमा परिभाषित गर्दै ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, आगजनी, संगठित अपराधलगायतका मुद्दा चलाइने तयारी छ।
शुक्रबारको प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको थियो भने आगजनी र तोडफोडका घटना भएका थिए। प्रहरीले हालसम्म ११३ जनालाई पक्राउ गरेको छ भने सो घटनामा मुख्य भुमिका खेलेको आरोप लागेका दुर्गा प्रसाईं फरार छन्