share 570 काठमाडौं । उच्च अदालतको आदेशसँगै रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बेलुका बुढानिलकण्ठस्थित घरबाटै प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । लामिछानेले फेसबुकमार्फत अदालतको आदेशको सम्मान गर्दै गिरफ्तारी दिने बताएका थिए । उनलाई जिल्ला अदालत, रुपन्देहीमा उपस्थित गराई कारागार चलान गर्ने प्रहरी तयारी छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो। बुटवलक सुप्रिम सहकारीको मुद्दामा यसअघि जिल्ला अदालतले उनीसँग एक करोड रुपैयाँ धरौटी माग गरेको थियो। सो आदेश उल्टाउँदै उच्चले उनलाई थुनामा पठाउने आदेश गरेको हो। पोस्टको नेभिगेसन मकवानपुरमा अफिम तस्करले लुटे प्रहरीको पेस्तोल फरार सांसद माया राई कपनबाट पक्राउ