काठमाडौं । तपश्वी रामबहादुर बमजनलाई उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपबाट  सफाइ दिएको छ ।

जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरका न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो । न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बमजनलाई बलात्कार मुद्दामा सफाइ दिएको अदालतका उपरजिष्ट्रार सुशील यादवले बताए ।

बमजनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असार १७ गते १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यसविरूद्ध बमजनले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।