share 411 काठमाडौं । तपश्वी रामबहादुर बमजनलाई उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपबाट सफाइ दिएको छ । जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरका न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो । न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बमजनलाई बलात्कार मुद्दामा सफाइ दिएको अदालतका उपरजिष्ट्रार सुशील यादवले बताए । बमजनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असार १७ गते १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यसविरूद्ध बमजनले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । पोस्टको नेभिगेसन प्रधानमन्त्री ओलीले किन बोलाए आकस्मिक मन्त्रीपरिषदको बैठक ? गभर्नर सिफारिस समितिबाट विजयनाथ भट्टराईको राजीनामा