share 444 काठमाडौं । वैदेशिक रोजगारीमा माल्टा पठाइदिने भन्दै २४ लाख रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका-२ बस्ने ५६ वर्षीय सुजनकुमार उप्रेतीलाई पक्राउ गरेको हो । आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि २४ लाख रुपैयाँ लिई माल्टा लैजाने भन्दै लामो समयसम्म झुक्याउदै विदेश नपठाई सम्पर्क विहीन भएको भन्ने पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको महाशाखाले जनाएको छ । पोस्टको नेभिगेसन २२ अर्बको विमानस्थलमा १८ अर्बसम्म भ्रष्टाचार? रास्वपाका सभापति रवि लामिछानेसहित २९ जनाविरूद्ध पर्सा अदालतमा मुद्दा दर्ता