share 558 तेल अभिभ । इजरायलले इरानमाथि आक्रमण गरेको घोषणा गरेको छ । इजरायलका रक्षा मन्त्री इजरायल काट्जले वक्तव्य जारी गर्दै देशमा संकटकाल घोषणा गरिएको हो। ‘इजरायलले इरानमाथि गरेको हमलापछि, इजरायली नागरिक र देशमाथि क्षेप्यास्त्र तथा ड्रोन हमला हुने तत्काल सम्भावना रहेको’ काट्जले एक वक्तव्यमा भनेका छन्। इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएका अनुसार तेहरानमा लगातार विस्फोटहरूको आवाज सुनिएको छ। इजरायलको प्रारम्भिक हमला मुख्यतया इरानको आणविक कार्यक्रम र लामो दूरीका क्षेप्यास्त्र क्षमतामाथि लक्षित गरिएको इजरायली सैन्य अधिकारीले जानकारी दिएका छन्। सो हमला ‘सटीक र समन्वित आक्रमण’ भएको बताइएको छ, जसमा इरानका विभिन्न क्षेत्रमा रहेका ‘दर्जनौँ लक्ष्यहरू’ समेटिएको थियो। इजरायलले इरानमाथि यस्ता हमलाहरू क्रमशः जारी राख्ने योजना बनाएको पनि एक इजरायली स्रोतले सीएनएनलाई बताएका छन्। स्रोतका अनुसार यो केवल एक दिनको हमला होइन। इजरायली सरकारले यो हमला गर्न सैन्य तथा कूटनीतिक रूपमा उपयुक्त समय देखेको भन्दै, यही अवसर प्रयोग गरेर कारबाही थालिएको जनाइएको छ। पोस्टको नेभिगेसन सिन्धु सम्झौता उलंघन गरे भारतमाथी आक्रमण गर्छौं : पाकिस्तान इरानी आक्रमणबाट इजराइलमा एक जनाको मृत्यु