share 651 काठमाडौं । नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन आग्रह गरेको छ । इजरायल-इरान युद्धका कारण धनजनको क्षति पुगिरहेको अवस्थामा इजरायलस्थित नेपाली राजदूतावासले सुरक्षित रहन आग्रह गरेको हो । दूतावासले आइतबार एक सूचना जारी गर्दै इजरायली होम फ्रन्ट कमान्डले जारी गरेको निर्देशन पालना गर्न भनेको छ। युद्धका कारण शैक्षिक सङ्घसंस्था एवं अत्यावश्यक बाहेकका कार्यालय बन्द रहने र सभा-भेलामा रोक लागेको छ। इजरायलमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाका बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन आग्रह गरेको हो । अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन र सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थल आसपासमै रहन समेत दूतावासले आग्रह गरेको हो । दुतावासले २४ घण्टे हटलाइन सेवा समेत सुरु गरेको छ । पोस्टको नेभिगेसन अमेरिकामाथि आक्रमण गरे इरानमाथी सम्पुर्ण सैन्य शक्ति प्रयोग गर्ने ट्रम्पको चेतावनी इजरायल विरूद्धको हमलामा इरानलाई यमनबाट हुथीको सहयोग