काठमाडौं । विश्वव्यापी आलोचना भइरहेका बेला इजरायलले गाजा सहर कब्जा गर्ने योजनाअन्तर्गत सैन्य कारबाही सुरु गरेको छ।

इजरायली सेनाले गाजाको बाहिरी क्षेत्र नियन्त्रणमा लिएको दाबी गर्दै कब्जाको तयारी स्वरूप जैतुन र जबालिया क्षेत्रमा सेना तैनाथ गरिसकेको जनाएको छ।

यो अपरेसनलाई इजरायलका रक्षामन्त्री इजरायल काट्जले मंगलबार अनुमोदन गरिसकेका थिए। सो निर्णय यसै हप्ताको अन्त्यमा सुरक्षा मन्त्रिपरिषद्मा प्रस्तुत गरिनेछ।

यसबीच, युद्धग्रस्त गाजाबाट स्थानीयवासीहरू असुरक्षित भएपछि अन्यत्र विस्थापित भइरहेका छन्।

अन्तर्राष्ट्रिय समुदायले भने इजरायलको यो कदमको कडा विरोध गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार, हमासले इजरायललाई युद्धविराम सम्झौतामा बाधा पुर्‍याएको र निर्दोष नागरिकमाथि बर्बर युद्ध जारी राखेको आरोप लगाएको छ।