काठमाडौं । सरकारले आगामी आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ। अविरल वर्षासँगै आएको प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै गृह मन्त्रालय स्रोतले दुई दिन थप बिदा दिने निर्णय भएको जानकारी दिएको छ।

सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भए पनि, पहिरो खसेका राजमार्ग र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको चेतावनीलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको हो।

गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग सुरक्षाबारे छलफल गरेको छ। उच्च जोखिमयुक्त क्षेत्रहरूमा सुरक्षा संयन्त्रहरू परिचालन गरिनेछ भने नेपाली सेनाका टोलीहरू आकस्मिक उद्धारका लागि तयारी अवस्थामा राखिएका छन्।

सरकारको यो कदमले जनतालाई सुरक्षित रहने वातावरण सुनिश्चित गर्ने उद्देश्य राखेको छ।