share 275 काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको एक लाख ४१ हजारमा कारोबार भइरहेको छ । आज तेजाबी सुनको मुल्य एक लाख ४० हजार ३०० मा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ४१ हजारमा नै कारोबार भएको थियो । सोमबार चाँदीको मुल्य पनि स्थिर रहेको छ । महासंघले आज चाँदीको मुल्य स्थिर रहदै तोलामा १८२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । पोस्टको नेभिगेसन ह्वात्तै घट्यो सुनको भाउ, आज कतिमा कारोबार हुँदै छ ? तेस्रो दिन पनि सुनको मूल्य स्थिर, घट्यो चाँदीको मूल्य