share 220 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्याण्डको जेनेभा जाने भएको छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन उनी आज साँझ जेनेभा प्रस्थान गर्न लागेको हो । राष्ट्रपति पौडेलले बुधबार स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। जेठ ३१ गते ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन सत्रलाईसम्बोधन गर्ने कार्यक्रम रहेको छ । असार १ गते उनले जर्मनी भ्रमण गर्नेछन् । जर्मनीको बर्लिनमा असार ३ गते त्यहाँका राष्ट्रपति फ्र्यांक वाल्टर स्टिनमेयरसँग औपचारिक भेटवार्ता गर्ने कार्यतालिका छ । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्किने छ । पोस्टको नेभिगेसन भारतको दुई दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता साउन १ देखि ड्राइभिङ लाइसेन्स नचाहिने, राष्ट्रिय परिचयपत्र देखाए हुने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्याण्डको जेनेभा जाने भएको छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन उनी आज साँझ जेनेभा प्रस्थान गर्न लागेको हो । राष्ट्रपति पौडेलले बुधबार स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। जेठ ३१ गते ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन सत्रलाईसम्बोधन गर्ने कार्यक्रम रहेको छ । असार १ गते उनले जर्मनी भ्रमण गर्नेछन् । जर्मनीको बर्लिनमा असार ३ गते त्यहाँका राष्ट्रपति फ्र्यांक वाल्टर स्टिनमेयरसँग औपचारिक भेटवार्ता गर्ने कार्यतालिका छ । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्किने छ ।