share 301 वासिङ्टन । रुसी युद्धपोत क्युबाको बन्दरगाहमा पुगेको छ, यहाँबाट अमेरिका धेरै टाढा छैन । रुसी नौसैनिक जहाजको एउटा फ्लिट क्युबा पुगेको हो । बीबीसीका अनुसार क्युबानजिक रुसी युद्धपोतको आगमनलाई रुसको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ। युक्रेन युद्धका कारण पश्चिमी देश र रुसबीच तनाव बढिरहेको छ। अमेरिकी अधिकारीहरूले ती जहाजमा नजर राखेको बताएका छन् । तर, अमेरिकाले पनि यी जहाजले अमेरिकालाई तत्काल कुनै खतरा नरहेको बताएको छ। क्यारेबियन देश क्युबा पुग्नुअघि यी जहाजहरूले एट्लान्टिक महासागरमा मिसाइल प्रहार गर्ने अभ्यास पनि गरेका थिए। यी जहाजहरूमा एक फ्रिगेट र एक आणविक सञ्चालित पनडुब्बी पनि समावेश छन् । क्युबा र रुसबीच बलियो द्विपक्षीय सम्बन्ध छ । ती जहाज आगामी पाँच दिनसम्म हवाना बन्दरगाहमा रहनेछ । यो बन्दरगाह फ्लोरिडाको अमेरिकी नौसेना एयर स्टेसनबाट मात्र १६० किलोमिटर टाढा छ । #बिबिसीबाट पोस्टको नेभिगेसन हमास र इजरायलबीचको युद्ध बारे मध्यस्थता गर्न अमेरिकी विदेशमन्त्री कतारमा चीनसँग निहुँ खोज्दै भारत, तिब्बतका ३० ठाउँको नाम परिवर्तन गर्दै भारत
बीबीसीका अनुसार क्युबानजिक रुसी युद्धपोतको आगमनलाई रुसको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ। युक्रेन युद्धका कारण पश्चिमी देश र रुसबीच तनाव बढिरहेको छ। अमेरिकी अधिकारीहरूले ती जहाजमा नजर राखेको बताएका छन् । तर, अमेरिकाले पनि यी जहाजले अमेरिकालाई तत्काल कुनै खतरा नरहेको बताएको छ। क्यारेबियन देश क्युबा पुग्नुअघि यी जहाजहरूले एट्लान्टिक महासागरमा मिसाइल प्रहार गर्ने अभ्यास पनि गरेका थिए। यी जहाजहरूमा एक फ्रिगेट र एक आणविक सञ्चालित पनडुब्बी पनि समावेश छन् । क्युबा र रुसबीच बलियो द्विपक्षीय सम्बन्ध छ । ती जहाज आगामी पाँच दिनसम्म हवाना बन्दरगाहमा रहनेछ । यो बन्दरगाह फ्लोरिडाको अमेरिकी नौसेना एयर स्टेसनबाट मात्र १६० किलोमिटर टाढा छ । #बिबिसीबाट