काठमाडौं । आइफोनको नयाँ अपरेटिङ सिस्टम आइओएस १८ मा फोन रेकर्ड गर्ने फिचर थपिने भएको छ । कल रेकर्ड र ट्रान्सक्राइभ यो फिचर आइफोन १२ र सोभन्दा नयाँ मोडलहरूमा उपलब्ध हुनेछ ।
अन्तर्राष्ट्रिय प्रविधि वेबसाइट द भर्जका अनुसार एप्पलले आइओएस १८ मा कल रेकर्ड र ट्रान्सक्राइभ फिचर उपलब्ध गराउनेबारे सोमबार आयोजित वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स (डब्लुडिसी)मा घोषणा गरेको हो। कल रेकर्डिङ फिचर प्रयोग गर्दा जुन व्यक्तिसँग कलमा भइन्छ, सो व्यक्तिलाई भइरहेको कल रेकर्ड गरिएको भने जानकारी गराइने समेत एप्पलले जनाएको छ ।
कम्पनीका अनुसार आइओएस १८ मा कस्टमाइज गर्न मिल्ने होमपेज, कन्ट्रोल सेन्टरमा केही परिवर्तनहरू र ट्याप रेस्पोन्समा पनि केही सुधार गरिने छ।