भक्तपुर । भक्तपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेको छ ।  जिल्लाको चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने ३८ वर्षीय कृष्णबहादुर तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक-पटक र पछिल्लो पटक २०८१ जेठ १२ गते दिउँसो भक्तपुर नगरपालिका-१ दुधपाटीस्थित न्यु भक्तपुर गेस्ट हाउसमा पुर्‍याएर जबरजस्ती करणी गरेका थिए । सोही उजुरीको आधारमा  जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।