share 263 फाइल तस्बिर काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका जिल्ला न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवाना तोकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले मंगलबार गिरीकाे सजाय तोकेको हो। यसअघि जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सजाय निर्धारणाका लागि भने मंगलबारको पेसी ताेकिएकाे थियाे । जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहँदा गिरीविरुद्ध प्रहरीमा जाहेरी परेकाे थियाे । जाहेरीका आधारमा अदालतमा मुद्दा दर्ता भएपछि न्यायपरिषद्ले गिरीलाई निलम्बन गरेकाे थियाे । पोस्टको नेभिगेसन श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका जवान पक्राउ १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ