काठमाडौं । दाङमा श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका जवान पक्राउ परेको छ । शनिबार बिहान ८ बजे दाङको तुलसीपुर उपमहानगरपालिका-६ स्थित कोठामै श्रीमतीको हत्या गरी सेनाका जवान ३६ वर्षीय शालिकराम बुढाथोकी फरार भएको थियो
उनलाई तुलसीपुरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।उनले खुकुरी प्रहार गरी २७ वर्षीया श्रीमती टीका बुढाथोकीको हत्या गरेको थियो । पक्राउ परेको बुढाथोकीले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।