बुधबार ५५ वर्षीय चञ्चल बहादुर सिंहले आफ्नै शरीरमा आगो लगाउँदा उनीसहित परिवारका ५ जना घाइते भएको हो । घाइते हुनेमा सिंहसहित उनका ३ जना छोरी र पत्नी छन् । घाइतेहरूलाई उपचारको लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा पठाइएको प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवेले बताए ।
घरायसी झगडा र मादक पदार्थ सेवन गरेर सिंहले घरमै आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । बुवाले छर्केको पेट्रोलका कारण शरीर जलेर उनका २४ र १६ वर्षीया छोरीहरू गम्भीर घाइते भएको हो ।

