share 289 हवाना । अमेरिकाले आफ्नो स्वीकृति बिना गुआन्टानामो खाडीको नौसैनिक अड्डामा परमाणु पनडुब्बी तैनाथ गरेको भन्दै क्युवाले विरोध गरेको छ । अमेरिकाले अवैध रूपमा कब्जा गरेको गुआन्टानामो क्षेत्रमा अहिले परमाणु पनडुब्बी परिचालन गरेर क्युबाको सार्वभौमसत्तामाथि धावा बोलेको भन्दै क्युबाले प्रतिक्रिया दिएको हो । क्युवाका विदेश मन्त्री कार्लोस फर्नाण्डेज डे कोसियो डोमिन्गुजले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार केही वर्ष पहिले स्थापित प्रक्रिया अनुसार अमेरिकी जहाजको उपस्थितिबारे जानकारी दिइएको थियो । निमन्त्रणा बिना आफ्नो क्षेत्रमा नौसेनाको उपस्थितिलाई अनुमोदन नगर्ने क्युवाले जनाएको छ । संयुक्त राज्य अमेरिकाले भने पहिले क्युवासँग भएको सहमति अनुसार नै एउटा आणविक पनडुब्बी गुआन्टानामो खाडी नौसेना आधार नजिकैको तैनाथ गरेको बताएको छ । रुसका चार वटा नौसेना जहाज क्युवाको राजधानी हवाना बन्दरगाहमा पुगेको एक दिनपछि अमेरिकाले पनि आणविक पनडुब्बी तैनाथ गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अमेरिका र रुसका लडाकु पानीजहाज क्युवाको क्षेत्रमा तैनाथ हुँदा त्यस क्षेत्रका नागरिकमा त्रास उत्पन्न भएको खबरमा उल्लेख छ । पोस्टको नेभिगेसन युक्रेन शान्ति शिखर सम्मेलनमा भाग लिन विश्वका नेताहरू स्विट्जरल्याण्डमा युद्ध रोक्न रुसले अघि सारेको सर्त इटाली र जर्मनीद्वारा अस्वीकार