share 268 फाइल तस्बिर काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंबाट ६ किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । चिनियाँबारे अनुसन्धान भइरहेको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा चिनियाँ मूलका ३७ वर्षीय सेनाम गुरुङ छन् । काठमाडौँ महानगरपालिका-६ तिनचुलीस्थित गुरुङको घरबाट प्रहरीले ४८ लाख नगद पनि बरामद गरेको छ । क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा गुरुङको घरमा खानतलासी गर्दा सुन र नगद भेटिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । पोस्टको नेभिगेसन करिब २४ करोडको अनलाइन जुवा खेलाउने ६ जना पक्राउ नेकपा (माओवादी) नामक बिद्रोही समुहका महासचिव महावीर महेश चौधरी भनिने विश्वनाथ चौधरी चितवन प्रहरीको हिरासतमा