share 236 मस्को । दक्षिणी रुसको अजोभ सहरनजिकै मंगलबार राति तेल भण्डारण ट्यांकीहरूमा ड्रोन आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएको छ । युक्रेनले उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको बताए पनि उसले विगतमा पनि रुसी ऊर्जा सुविधाहरूमा यस्तै आक्रमणहरू गर्दै आएको थियो। ‘ड्रोन आक्रमणको परिणामस्वरूप अजोभमा तेल उत्पादन ट्यांकीहरूमा आगलागी भएर नष्ट भएका छन्। प्रारम्भिक तथ्यांकअनुसार कुनै हताहत भएको छैन,’ स्थानीय रोस्तोभ क्षेत्रका गभर्नर भासिली गोलुबेभले टेलिग्राममार्फत बताएका छन् । आपतकालीन मन्त्रालयले प्रकाशित गरेको भिडियोमा तेल भण्डारण ट्यांकीहरू राखिएको स्थानबाट बाक्लो धुवाँ र आगोको मुस्लो निस्किएको देखाइएको छ। आक्रमणमा कति ड्रोनहरू संलग्न थिए भन्ने जानकारीमा आएको छैन। कम्तीमा ३२०० वर्गमिटर क्षेत्रफलमा फैलिएको आगलागी नियन्त्रण गर्न करिब २०० जना आगो नियन्त्रक र आपतकालीन कर्मचारी तैनाथ गरिएको आपतकालीन मन्त्रालयले जनाएको छ। पोस्टको नेभिगेसन भारतले आणविक हतियारको मामिलामा पाकिस्तानलाई उछिन्यो, चीनभन्दा धेरै पछाडि तेस्रो पटक प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी आफ्नो निर्वाचन क्षेत्र बनारसमा