फाइल तस्बिर

काठमाडौं । तेस्रोपटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र बनारस पुगेको छ । प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका क्रममा मंगलबार दिल्लीबाट बनारस पुगेको हो ।

उनी मंगलबार अपरान्ह ५ बजे किसान सम्मान सम्मेलनमा सहभागी हुन बनारस पुगेको हो । त्यहाँ उनले किसानसँग संवाद गर्ने कार्यक्रम रहेको छ । अहिले किसान सम्मान निधिको १७औँ किस्ता पनि जारी छ । यस क्रममा उनले बनारसमा प्रधानमन्त्री-किसान योजनाको १७औँ किस्ता किसानलाई वितरण गर्ने तयारी छ । बीबीसी हिन्दीका अनुसार यस किस्ताअन्तर्गत ९ करोडभन्दा बढी जना किसानलाई २० हजार करोड रुपैयाँ दिइनेछ ।

मोदीले बनारसको दशाश्वमेध घाटमा गंगा आरती हेर्ने र काशी विश्वनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।