थापा मगर पनि प्रहरी जवान हुन् । हुम्लामा कार्यरत थापामगरलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको सिराहाका एसपी रमेश पण्डितले बताए । यही जेठ ३१ गते करिश्मा जिल्ला प्रहरी कार्यालय सिराहाको महिला सेल स्थित बाथरुमको सावरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
करिश्माले मोबाइल सहितका विद्युतीय उपकरण चेकजाँच गर्दा पुष्करले दुरुत्साहन गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी पण्डितले जानकारी दिए ।