share 269 काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान करिश्म सुनारको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बाँकेको वैद्यनाथ गाउँपालिका वडा नम्बर-२ घर भएका २७ वर्षीय पुष्कर थापा मगरलाई पक्राउ गरेको हो । थापा मगर पनि प्रहरी जवान हुन् । हुम्लामा कार्यरत थापामगरलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको सिराहाका एसपी रमेश पण्डितले बताए । यही जेठ ३१ गते करिश्मा जिल्ला प्रहरी कार्यालय सिराहाको महिला सेल स्थित बाथरुमको सावरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । करिश्माले मोबाइल सहितका विद्युतीय उपकरण चेकजाँच गर्दा पुष्करले दुरुत्साहन गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी पण्डितले जानकारी दिए । पोस्टको नेभिगेसन नेकपा (माओवादी) नामक बिद्रोही समुहका महासचिव महावीर महेश चौधरी भनिने विश्वनाथ चौधरी चितवन प्रहरीको हिरासतमा पशुपतिको भेटी दुरुपयोग गरेको आरोपमा ५ जना जेल चलान, १ जना धरौटीमा छुटे