share 547 तस्बिर रोयटर्स गाजापट्टि । इजरायली सेनाको हवाई हमलामा हमास नेता इस्माइल हनिएका तीन जना छोराहरू मारिएका छन् । हमास नेता हनिएले इजरायलले बदलाको भावनाबाट प्रेरित भएर निहत्था व्यक्तिको हत्या गरेको बताएका छन् । इजरायली सेनाले पनि बुधबार गाजामा हवाई हमला गरिएको पुष्टि गरेको छ । गाजामा आतंकवादी क्रियाकलापमा संलग्न रहेको पाइएपछि हवाई आक्रमण गर्नु परेको इजरायली सेनाको भनाई छ । हमासका अनुसार उक्त आक्रमणबाट हमास नेता हनिएका तीन नातिनातिनाको पनि मृत्यु भएको छ । अल-जजिरा टेलिभिजनसँगको अन्तर्वार्तामा हनिएले आफ्ना सन्तानको हत्या भए पनि हमासले इजरायलप्रति नरम नीति अख्तियार नगर्ने र आफूहरू नझुक्ने बताएका छन् । हाल अन्तर्राष्ट्रिय पहलमा इजरायल र हमासबीच युद्धबिराम गर्ने गरी वार्ताहरू भइरहेका छन् । हनिएले सन् २०१९ मा गाजा छाडेको थियो । उनी हाल कतारमा निर्वासित जीवन बिताइरहेका छन् । गाजामा अहिले हमासका शीर्ष नेताका रुपमा येह्या सिन्वार हुनुहुन्छ । सिन्वारकै योजना बमोजिम गत अक्टोबर ७ मा इजरायलभित्र हमासले आक्रमण गरेको थियो । यस आक्रमणमा कम्तीमा एक हजार २०० इजरायलीको मृत्यु हुनुका साथै दुई सयभन्दा बढीलाई अपहरण गरिएको थियो । हमासको आक्रमणपछि इजरायलले गाजामा गरेको सैनिक कारबाहीमा ३३ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पोस्टको नेभिगेसन रुसले युक्रेनमा रातभर ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार गर्यो: युक्रेनी राष्ट्रपति इजरायल माथी इरानको घातक हमला
तस्बिर रोयटर्स गाजापट्टि । इजरायली सेनाको हवाई हमलामा हमास नेता इस्माइल हनिएका तीन जना छोराहरू मारिएका छन् । हमास नेता हनिएले इजरायलले बदलाको भावनाबाट प्रेरित भएर निहत्था व्यक्तिको हत्या गरेको बताएका छन् । इजरायली सेनाले पनि बुधबार गाजामा हवाई हमला गरिएको पुष्टि गरेको छ । गाजामा आतंकवादी क्रियाकलापमा संलग्न रहेको पाइएपछि हवाई आक्रमण गर्नु परेको इजरायली सेनाको भनाई छ । हमासका अनुसार उक्त आक्रमणबाट हमास नेता हनिएका तीन नातिनातिनाको पनि मृत्यु भएको छ । अल-जजिरा टेलिभिजनसँगको अन्तर्वार्तामा हनिएले आफ्ना सन्तानको हत्या भए पनि हमासले इजरायलप्रति नरम नीति अख्तियार नगर्ने र आफूहरू नझुक्ने बताएका छन् । हाल अन्तर्राष्ट्रिय पहलमा इजरायल र हमासबीच युद्धबिराम गर्ने गरी वार्ताहरू भइरहेका छन् । हनिएले सन् २०१९ मा गाजा छाडेको थियो । उनी हाल कतारमा निर्वासित जीवन बिताइरहेका छन् । गाजामा अहिले हमासका शीर्ष नेताका रुपमा येह्या सिन्वार हुनुहुन्छ । सिन्वारकै योजना बमोजिम गत अक्टोबर ७ मा इजरायलभित्र हमासले आक्रमण गरेको थियो । यस आक्रमणमा कम्तीमा एक हजार २०० इजरायलीको मृत्यु हुनुका साथै दुई सयभन्दा बढीलाई अपहरण गरिएको थियो । हमासको आक्रमणपछि इजरायलले गाजामा गरेको सैनिक कारबाहीमा ३३ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।