share 240 बुटवल । लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव ध्वनिमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरे। प्रदेश सभामा यही असार १ गते आर्थिक मामिलामन्त्री आचार्यले आर्थिक वर्ष ०८१/८२ का लागि रु. ३८ अर्ब ९७ करोडको बजेट पेस गरेका थिए। आगामी वर्ष आन्तरिक राजस्वमार्फत रु. सात अर्ब ५१ करोड, संघबाट रु. १२ अर्ब एक करोड, संघबाट सलामी दस्तुरबापत रु. ५० करोड र स्थानीय तहबाट रु. दुई अर्ब ९२ करोड प्राप्त हुने अनुमान छ। – रासस पोस्टको नेभिगेसन स्मार्ट लाइसेन्स बागमती प्रदेश आफैंले छाप्ने बागमती प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षाको जोड दिएको छ : मन्त्री मोक्तान