पार्टीका एक पदाधिकारीका अनुसार, शुक्रबार साँझ रास्वपाको अनुशासन आयोगले उनलाई यसको कारण सोध्दै स्पष्टिकरण सोधेको हो।

‘पार्टी अनुशासन आयोगबाट उहाँ (मुकुल)लाई स्पष्टीकरण सोधिएको हो,’ ती पदाधिकारीले भने, ‘पार्टीबारे बनाइएको प्रतिवेदनका बुँदाहरू किन बाहिर सार्वजनिक गरिएको हो, त्यसको कारण सोध्दै पत्र पठाइएको छ।’

महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदन र त्यसपछिका अभिव्यक्तिका कारण यतिखेर रास्वपा तरंगित भएको छ ।