share 268 काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले बेचन झालाई पक्राउ गरेको छ । उनलाई कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट बेचन झाले दुई करोडको चेक बुझेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनले टोखा नगरपालिका-६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएको हो । भुटानी शरणार्थी प्रकरणको योजनाकार मध्येका सानु भण्डारीले भनेर आफ्नो नाममा रहेको हिमालयन बैंकको दुई करोडको चेक झालाई दिएको रामशरणले बयानमा खुलाएको छ । केसीका अनुसार २०७८ मङ्सिर ८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि झाले चेक बुझेको हो । मन्त्रिपरिषद्बाट गिरोहले भनेअनुसार भुटानी शरणार्थीसम्बन्धी ‘निर्णय गराउन’ बेचनले चेक लिएको अनुसन्धान अधिकृतहरू बताउँछ । प्रहरीसँगको बयानमा रामशरण केसीले भनेका छन्, ‘२०७८ मङ्सिर १३ मा बसेको मन्त्रिपरिषद्बाट भुटानी शरणार्थी सम्बन्धी निर्णय गराउन बेचन झाले रकम मागेको भनेर सानु भण्डारीले भनेपछि हिमालयमा बैंकमा रहेको खाताबाट बेचन झाको नाममा २ करोडको चेक काटेर दिएको हुँ ।’ रामशरणले उनलाई बुझाएको चेकको फोटो खिचेर उनका साथी प्रेमराज पन्थीलाई पठाएको बताएको छ । बयानमा उनले भनेको छ, ‘चेक दिएको भिडियो पनि बनाएको थिएँ ।’ तर, झा त्यसपछि शरणार्थी प्रकरणको कुनै पनि घटनामा देखिएका छैनन् । मन्त्रिपरिषद्बाटै बेचन झाले निर्णयहरू गराउन सक्छन्, त्यसपछि अमेरिका तथा तेस्रो मुलुकमा नेपालीलाई पठाउन सजिलो हुने कुरा सानु भण्डारीले रामशरण केसीलाई भनेको अनुसन्धानबाट थाहा भएको छ । तर, झाले चेक बुझेर पनि कुनै निर्णय गराउन सकेनन् । चेक लिएसँगै उनी शरणार्थी प्रकरणको दृश्य बाहिर थिए । झाबारे जिल्ला प्रहरी कार्यालय काठमाडौँले दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । पोस्टको नेभिगेसन प्रतीक थापाविरुद्धको मुद्दा कसरी अगाडी बढाउला ? बैंकिङ कसुरमा फरार रहेका प्रतिवादी पक्राउ