काठमाडौं । यो साता (असार १६ गतेदेखि २२ गते) सम्मको साप्ताहिक राशिफल यस्तो रहेको छ ।
मेष : यो साता चन्द्रमाले तपाईको राशिबाट प्रथम स्थान, द्वितीय र तृतीय स्थान गोचर गर्नेछन । आईतबार र सोमबार व्यापार व्यवसायका दृष्टिबाट सकारात्मक रहने देखिन्छ । सन्तानबाट काम मा सहयोग प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । तपाईको कलात्मक एवं सिर्जनात्मक क्षमता उच्च रहने देखिन्छ । आफ्ना साथीभाईबाट महत्वपुर्ण सहयोग प्राप्त हुनेछ । बिरोधीहरु पराजित हुनेछन् । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ । नोकरी गर्ने हरुका लागि नयाँ काम सिक्न पाईने अवसर हुनेछ । मंगलबार र बुधबार भने तपाईका लागि कमजोर दिन रहनेछन । यी दिनहरुमा अनावश्यक खर्च बढन सक्नेछ ।
बृष : वृष राशिका लागि यो साता चन्द्रमाले द्वादश, प्रथम र द्वितीय स्थानको गोचर गर्नेछन । कर्म स्थानमा चन्द्रमाको गोचरले तपाईलाई कार्यक्षेत्रमा सफलता दिलाउनेछ । नयाँ क्षेत्रका कार्य गर्ने अवसर आउन सक्नेछ । व्यापार व्यवसायबाट पनि सफल साता रहनेछ । पारिवारमा सकारात्मक वातावरण हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । सामाजिक एवं राजनीतिक क्षेत्रमा समेत तपाईको उचाई बढ्नेछ। तपाईका विरोधीहरुको मनोबल कमजोर रहने देखिन्छ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफ्नो सुखदुखमा प्रेमीको साथ र सहयोग प्राप्त हुनेछ । साताका अन्त्य तिरका दिनहरु शुक्रबार र शनिबार भने अनावश्यक धन खर्च हुने एवं चिन्ता बढ्ने योग छ । यी दिनहरुमा कुनै पनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नु उत्तम हुनेछ ।
मिथुन : मिथुन राशिका लागि यो साता उत्तम रहनेछ । यो साता चन्द्रमाले तपाईको एकादश, द्वादश र प्रथम स्थानमा गोचर गर्नेछन । यो साता तपाईको व्यस्तता बढ्नेछ । परिश्रम अनुसार सफलता हात लाग्दा मन प्रफुल्ल बन्नेछ । प्रशस्त धन आर्जन हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ। नोकरी गर्नेहरुका लागि साता सफल रहनेछ । कामको जिम्मेवारी बढ्न सक्नेछ । पारिवारिक जीवन सुमधुर रहनेछ । सुख दुखमा जीवनसाथीको सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाईमा प्रतिकुल समय देखिन्छ ।
कर्कट : यो साता चन्द्रमा ले तपाईको अष्टम, नवम, र दशम स्थानमा गोचर गर्नेछन । समग्रमा कर्कट राशिका लागि यो साता मिश्रित रहेको छ । व्यर्थमा मानसिक चिन्ता बढ्न सक्नेछ । स्वास्थ्य कमजोर हुने एवं नसोचेको क्षेत्रमा धन खर्च हुन सक्नेछ । बुधबार देखि चन्द्रमाको गोचर भाग्य स्थानमा हुने हुनाले अवस्थामा सुधार हुनेछ । धार्मिक एवं सामाजिक कार्यमा तपाईको रुचि बढ्नेछ । तपाईको परिश्रमको उचित मुल्य प्राप्त हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ र धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि सकारात्मक रहनेछ। परिवारमा सामान्य विवादहरु देखिन सक्नेछन । तुलनात्मक रुपमा आईतबार र सोमबार भने कमजोर दिन हरु रहेका छन् ।
सिंह : यो साता चन्द्रमाले तपाईको राशिबाट सप्तम स्थान, अष्टम, र नवम भावको गोचर गर्नेछन् । तपाईका लागि साताको शुरुवातका दिनमा साझेदारीका कार्यबाट उचित मुनाफा आर्जन हुनेछ । तपाईको सामाजिक दायरा फराकिलो बन्दै जानेछ । भोग विलास एवं विपरितलिंगीका साथीको लाखि खर्च बढ्नेछ । मंगलबार र बुधबार अष्टम भावमा चन्द्रमाको गोचरका कारण वादविवादमा पर्न सकिनेछ । आफ्नो बोली र व्यवहारमा संयमता अपनाउनु होला । अन्य दिनहरु भने शुभ रहेका छन । धन लाभ हुनेछ । सरकारी क्षेत्रबाट साथ र सहयोग मिल्न सक्नेछ । आफ्ना साथीभाईबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । परिवारमा मेलमिलाप हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ ।
कन्या : यो साता चन्द्रमाको गोचर तपाईको राशिबाट षष्टम, सप्तम र अष्टम भावमा हुनेछ । समग्रमा तपाईका लागि यो साता मिश्रित रहेको छ । तपाईका विरोधीहरु पछि पर्नेछन् । तपाईको कार्य क्षमता घट्न सक्नेछ । कुनै पनि कार्यमा एकाग्रताका साथ लगनशिल भएर कार्य गर्न कठिन हुने देखिन्छ । तर मंगलबार, बुधबार र बिहिबार भने तपाईका लागि सबल रहेका छन । नोकरी एवं व्यापार व्यवसायमा सफलता मिल्ने देखिन्छ । साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । यो साता कुटुम्ब पक्षबाट समेत साथ र सहयोग प्राप्त हुन सक्नेछ । शुक्रबार र शनिबार भने स्वास्थ्य कमजोर हुने एवं धनखर्च बढ्न सक्नेछ ।
तुला : यो साता चन्द्रमाको गोचर तपाईको राशिबाट पञ्चम, षष्टम र सप्तम भावमा हुनेछ । समग्रमा तपाईका लागि यो साता सबल रहनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ । कलात्मक एवं सिर्जनात्मक कार्यमा तपाईको मन जानेछ । उच्च स्तरकमा बौद्धिक व्यक्तित्वहरु सँग सहकार्य गर्न अवसर जुट्नेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायबाट आर्थिक अवस्था मिश्रित रहने देखिन्छ । मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जीवनमा सामान्य समस्याहरु देखिन सक्नेछन । जीवनसाथीबाट भने सुखदुखमा राम्रो साथ र सहयोग प्राप्त हुनेछ। विद्यार्थीको पढाईमा विभिन्न कारण बस उतारचढावहरु आउन सक्नेछन ।
वृश्चिक : यो साता चन्द्रमाले तपाईको राशिबाट चतुर्थ, पञ्चम र षष्टम भावमा गोचर गर्नेछन् । आइतबार र सोमबार घरपरिवारका कारण केहि चिन्ता बढनेछ । आफ्नो बोलीका कारण परिवारका सदस्यसँगको दुरी बढ्न सक्नेछ । तर मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । तपाईको रचनात्मक विचार एवं सिर्जनशीलताको प्रतिष्ठित व्यक्तित्वहरु बाट सराहना हुनेछ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । प्रेम तथा पारिवारिक जीवन सुमधुर रहनेछ। विद्यार्थीको पढाई मन जानेछ । तपाईको परिश्रम अनुसार नै अंक प्राप्त हुने योग छ । आईतबार र सोमबार तपाईका लागि कमजोर दिनहरु भएकाले कुनैपनि महत्वपूर्ण कार्यको शुरुवात यी दिनहरुमा नगर्न उत्तम हुनेछ ।
धनु : यो साता चन्द्रमाले तपाईको राशिबाट तृतीय, चतुर्थ र पञ्चम भावमा गोचर गर्नेछन् । यो साता तपाईको साहस तथा पराक्रम बढ्नुका साथै हरेक कार्यमा आत्मविश्वास उच्च रहनेछ । आर्थिक अवस्था मिश्रित रहनेछ । व्यापार व्यवसायमा उतारचढावहरु देखिन सक्नेछन् । तर मंगलबार र बुधबार भने घरपरिवारका कारण चिन्ता बढ्न सक्नेछ । नोकरी गर्ने हरुका लागि शुभ समय छ । कार्यस्थलमा तपाईको बलियो प्रभाव रहनेछ । यो साता प्रेम सम्बन्ध मिश्रित रहनेछ । नयाँ व्यक्ति सँग प्रेम सम्बन्ध स्थापित हुन सक्नेछ । विद्यार्थीको पढाईमा पनि मध्यम अवस्था रहनेछ । सहि योजनाका साथ निरन्तर परिश्रम आवश्यक देखिन्छ ।
मकर : यो साता चन्द्रमाले तपाईको राशिबाट द्धितीय, तृतीय र चतुर्थ भावमा गोचर गर्नेछन् । यो साता धन स्थानमा चन्द्रमाको गोचरका कारण व्यापार व्यवसायबाट मुनाफा आर्जन हुनेछ । तपाईको बोलीको प्रभाव बढ्नुका साथै सीपमा थप निखार आउने देखिन्छ। धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्नेहरुका लागि कार्यस्थलमा कामको बोझ थपिन सक्नेछ । राम्रो परिश्रम गरि काम सम्पन्न गरेपनि अपजश हरु आईलाग्न सक्नेछ । शुक्रबार र शनिबार भने कमजोर रहेका छन । यी दिनहरुमा कुनै पनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नु एवं लगानी नगर्नु उत्तम हुनेछ ।
कुम्भ : यो साता चन्द्रमाले तपाईको राशिबाट प्रथम, द्धितीय र तृतीय भावको गोचर गर्नेछन् । शिरमा चन्द्रमाको प्रभावले तपाईको ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो तपाईको आत्मसम्मान उच्च रहनेछ तर कतिपय कार्यमा हतार मा निर्णय हुनसक्छ र पछि समस्या आउन सक्छ । परिवारमा उचित सल्लाह एवं छलफल गरि निर्णय गर्नु उत्तम हुनेछ । आर्थिक अवस्था सामान्य रहनेछ । व्यापार व्यवसाय बाट पनि मिश्रीत लाभ मिल्नेछ । विशेष गरि सञ्चार तथा प्रविधि सँग सम्बन्धित क्षेत्रको कारोबार बाट बढि लाभ हुनेछ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहने देखिन्छ । कार्यस्थलमा तपाईको कार्यको सराहना हुनेछ ।
मीन : मीन राशिका लागि यो साता चन्द्रमाले तपाईको राशिबाट व्यय स्थान, प्रथम र धन स्थानको गोचर गर्नेछन् । साताको शुरुका दिन आईतबार र सोमबार विना कारण दौडधुप हुन सक्नेछ । खर्च बढ्नेछ भने मानसिक चिन्ता देखिन सक्नेछ । काम विग्रनाले नैराश्यता बढ्नेछ । तर मंगलबार देखि चन्द्रमाको गोचर प्रथम भावमा पर्ने हुनाले अवस्थामा सुधार आउनेछ । सिर्जनात्मक एवं तार्किक क्षमता बढ्नेछ । अप्ठ्यारो परिस्थितीसँग जुध्न सक्नुहुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । प्रशस्त धन आर्जन हुने एवं बचत पनि हुने योग छ । सहकर्मी साथीबाट सहयोग प्राप्त हुनेछ ।