share 246 काठमाडौं । आज मिति २०८१ साल असार १५ गते शनिबार तदनुसार २०२४ जुन २९ तारीख जेष्ठ शुक्लपक्ष अष्टमी तिथि । आज सूर्योदय बिहान ५ बजेर १३ मिनेटमा भयो भने सूर्यास्त बेलुका ७ बजेर २ मिनेटमा हुनेछ । अब लागौं आजको राशिफल तर्फ : मेष : मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला । वृष : शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति नै हुनेछ । मिथुन : आज आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । कर्कट : नयाँनौलो समाचार सुन्न पाइनेछ । सामाजिक काम र धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । प्रेमीको सहयोग पनि पाइनेछ । सिंह : आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला । जोशजाँगर र आत्मबलमा पनि कमी आउनेछ । कन्या : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । स्वादिष्ट खानेकुरा खान पनि पाइनेछ । तुला : आज सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर अधुरा काम बन्नेछ । वृश्चिक : आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् । धनु : आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । मकर : आज पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । कुम्भ : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर पनि मिल्नेछ । मीन : आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफलमा जे जस्तो लेखिएता पनि तपाईको दिन शुभ रहोस् । पोस्टको नेभिगेसन यस्तो छ आजको राशिफल यो साताको साप्ताहिक राशिफल