काठमाडौं । आज मिति २०८१ साल असार १६ गते आइतबार   तदनुसार २०२४ जुन ३० तारीख जेष्ठ शुक्लपक्ष नवमी तिथि । आज सूर्योदय बिहान ५ बजेर १३ मिनेटमा भयो भने सूर्यास्त बेलुका ७ बजेर २ मिनेटमा हुनेछ ।

अब लागौं आजको राशिफल तर्फ :

मेष : मेष राशिको आज समय राम्रो छैन । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ । आफन्त तथा साथीभाइ बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला ।

वृष : वृष राशिको लागि आज समय शुभ रहनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

मिथुन : मिथुन राशिको लागि आजको दिन राम्रो रहन सक्नेछ । विवादित विषयहरूबाट निचोड तपाइकै पक्षमा आउनेछ । पुराना समस्याबाट छुटकारा पाइने हुनाले मन प्रशन्न हुनेछ । तपाइसँग मनमुटावको भावना राख्ने तथा सत्रुता राख्न चाहनेहरू आफै कमजोर हुनेछन् ।

कर्कट : कर्कट राशिको लागि आज समय शुभ छैन । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् ।

सिंह : सिंह राशिको लागि आज समय राम्रो छैन । आफन्त तथा अग्रजहरू सँग विवाद हुने देखिन्छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तिको लागि लामो दुरीको विदेश यात्रा हुनेछ ।

कन्या : कन्या राशिका व्यक्तिहरुको आजको समय राम्रो रहनेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ ।

तुला : तुला राशिको लागि आज समय राम्रो रहनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न हुनेछ ।

वृश्चिक : वृश्चिक राशि भएका व्यक्तिहरुको लागि आज समय प्रतिकुल छ । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला ।

धनु : धनु राशि भएका व्यक्तिहरुको लागि आज समय खराब छ । आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण र आत्मीयजनबाट धोका पाइने देखिन्छ ।

मकर : मकर राशि भएका व्यक्तिहरुको लागि आज समय राम्रो रहनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाइलो व्यावसायिक यात्राको हुने देखिन्छ ।

कुम्भ : कुम्भ राशिको लागि आजको समय त्यति राम्रो देखिंदैन । यात्रामा झण्झट, लेनदेन गर्दा ज्यादा घाटा पर्ने देखिन्छ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको बलियो सम्भावना रहेको छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क रहनु होला ।

मीन : मीन राशिको लागि आज समय राम्रो छ । टाढाबाट नगद प्राप्त हुनेछ । नवीन कार्यको थालनी गर्दा राम्रो हुने देखिन्छ । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ ।

राशिफलमा जे जस्तो लेखिएता पनि तपाईको दिन शुभ रहोस् ।