share 254 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार सभापति देउवा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेको हो । बालकोटमा दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म देउवा र ओलीबीच भएको छलफलमा समसामयिक राजनीतिबारे छलफल भएको स्रोतले बताएको छ । छलफलमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा पत्नी डा.आरजु राणा पनि सहभागी थिइन् । कांग्रेस र एमालेबिच सत्ता सहकार्यको चर्चा भइरहेका बेला ओली र देउवाबिच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । फागुन २१ मा सत्ता विमुख भएको कांग्रेसले सत्तामा फर्किन एमाले र माओवादीसँग दोस्रो तहका नेतामार्फत पछिल्लो समय दोहोरो संवाद गरिरहेको थियो । एमसीसी परियोजनामा सहमति जुटाउन बालकोट पुगेका देउवा डेढ वर्षपछि ओलीलाई भेट्न बोलकोट पुगेको छ। ओली र देउवाको भेटवार्ताले कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि ढोका खोल्ने देउवा निकट स्रोतले बतायो । पोस्टको नेभिगेसन हाम्रो पार्टी कम्युनिस्ट पार्टीहरूबिचको एकताको पक्षमा छौँ : सीपी गजुरेल केन्द्रीय समिति बैठक लाइभ गर्न रास्वपा महामन्त्री ढकालको प्रस्ताव