share 260 काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ । यसैगरी, भानू नून एक किलोको मूल्य रु नौ तोकिएको छ । पोस्टको नेभिगेसन घट्यो अमेरिकी डलरको दररेट, आज कतिमा कारोबार हुँदै छ ? सुनचाँदी व्यवसायी आन्दोलनमा, देशभर पसल बन्द