share 269 काठमाडौं । अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएकोमा सो मूल्य शुक्रवार भने घटेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाला सुन तोलामा ७ सय रुपैयाँले घट्दै १ लाख ३९ हजार ३ सय रुपैयाँमा झरेको हुन् । शुक्रबार तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले घट्दै १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने शुक्रबार तोलामा ५ रुपैयाँ घट्दै १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहिवार चाँदी प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो । #सुनचाँदी पोस्टको नेभिगेसन प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबिच बैठक जारी