जुन 25, 2026
बजार अर्थतन्त्र

भारतीय अवरोधले संकटमा नेपाली चिया उद्योग, असार १ देखि उद्योग बन्द हुने चेतावनी

काठमाडौं । भारतीय बजारमा निर्यातका लागि पठाइएको करिब २ लाख किलोभन्दा बढी तयारी चिया गुणस्तर जाँचको बहानामा भारतीय गोदाममै रोकिएको उद्योगीहरूले बताएका छन् । यता नेपालका उद्योगहरूमा पनि १० लाख किलोभन्दा बढी तयारी चिया थन्किएर बसेको जनाइएको छ ।

नेपाल चिया उत्पादक संघका अनुसार भारतीय चिया बोर्डले परीक्षणका लागि लगिएको नमुनाको रिपोर्ट महिनौँसम्म नदिने तथा गुणस्तरहीन ठहरिएमा गोदाममै चिया नष्ट गर्नुपर्ने जस्ता अव्यावहारिक नियम लागू गरेको छ । निर्यात ठप्प भएपछि उद्योगहरूले चिया किसानलाई हरियो पत्तीको भुक्तानी दिन समेत नसक्ने अवस्था सिर्जना भएको बताइएको छ ।

संघका अध्यक्षले यस्तो विषम परिस्थितिमा उद्योग सञ्चालन गर्न कठिन भएको भन्दै आगामी असार १ गतेदेखि देशभरका चिया उद्योग बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आएको बताएका छन् । उद्योग बन्द हुँदा किसान, श्रमिक र व्यवसायीमा पर्न जाने असरप्रति क्षमा माग्दै संघले समस्या समाधानका लागि सरकार र सरोकारवालासँग सहयोगको अपिल गरेको छ ।

जवाफ लेख्नुहोस्