काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेका छन् । आज अमेरिकी डलर, युरोसहितका विदेशी मुद्राको मूल्य घट्दा पाउन्डको भने बढेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ र बिक्रीदर १३३ रुपैयाँ ६० पैसा तोकिएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा थियो। तीन दिनदेखि स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो।

बुधबार युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा रहेको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४५ रुपैयाँ १७ पैसा थियो।  बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ १२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा तोकिएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ३६ पैसा तोकिएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ४८ पैसा थियो। त्यस्तै, अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १४ पैसा तोकिएको छ। मंगलबार अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३५ पैसा थियो।

त्यसैगरी बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४० पैसा तोकिएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४९ पैसा थियो।

#आज कतिमा कारोबार भइरहेको छ? हेनुहोस् विदेशी मुद्राको विनिमय दर