share 270 काठमाडौं । आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि बलात्कारको गरेको अभियोगमा प्रहरी निरीक्षक विदुरप्रसाद सिवाकोटी जेल चलान भएको छ । जिल्ला अदालत काठमाडौंले उनलाई बुधबार पुर्पक्षका लागि थुनामा पठाएको हो । काठमाडौंको नागार्जुन नगरपालिका-१ घर भएका सिवाकोटीले पढाउने सर्तमा एक बालिकालाई घरमा राखेका थिए । ती बालिकालाई काठमाडौं महानगरपालिकाले गत २३ जेठमा उद्धार गरेको थियो । उद्धारपछि बालिकाले आफूमाथि बलात्कार हुँदै आएको बताएकी थिइन् । सोही आधारमा प्रहरीमा जाहेरी परेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहेका सिवाकोटीलाई स्वयम्भू वृत्तले पक्राउ गरी अभियोजन प्रक्रिया अघि बढाएको थियो । पोस्टको नेभिगेसन प्रतीक थापालाई थुनामा पठाउन अदालतको आदेश तस्करीको ३३१ किलो सुन लक्की ज्वेलर्सले किनेको प्रमाण सीआईबीको हातमा