share 238 काठमाडौं । एमालेबाट मन्त्री बनेका आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूले सम्हालेका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले सम्हाल्ने गरी तोकेको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई ती मन्त्रालयको कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले बिहीबार जनाएको छ। मौजुदा मन्त्रिपरिषद्का कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बुधबार अपराह्न प्रधानमन्त्री दाहालसमक्ष नेपालको संविधानको धारा ७७ को उपधारा (२) बमोजिम राजीनामा दिएका थिए । पछिल्लो विकसित घटनाक्रमकै आधारमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बरु विश्वासको मत लिने भएको छ । पोस्टको नेभिगेसन राजीनामा नदिने, विश्वासको मत लिने निष्कर्षमा प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई ती मन्त्रालयको कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले बिहीबार जनाएको छ। मौजुदा मन्त्रिपरिषद्का कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बुधबार अपराह्न प्रधानमन्त्री दाहालसमक्ष नेपालको संविधानको धारा ७७ को उपधारा (२) बमोजिम राजीनामा दिएका थिए । पछिल्लो विकसित घटनाक्रमकै आधारमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बरु विश्वासको मत लिने भएको छ ।