share 274 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरक्षा प्रमुखका रूपमा खटिएका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी राजन कार्कीका अनुसार बालकोटस्थित ओली निवासमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको गएराति मृत्यु भएको हो । ‘शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएका छौँ’, डीएसपी कार्कीले शनिबार बिहान नेपालखबरसँग भने, ‘मृत्युको एकिन कारण खुलिसकेको छैन, अनुसन्धान हुँदै छ।’ पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ। पूर्वप्रधानमन्त्रीहरूको सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरीका इन्स्पेक्टर र सई नेतृत्वमा सुरक्षाकर्मीको टोली खटाउने गरेको छ। पोस्टको नेभिगेसन रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा पाँचको मृत्यु, ६ घाइते चट्याङ लागेर भारतको बिहारमा १९ जनाको मृत्यु
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी राजन कार्कीका अनुसार बालकोटस्थित ओली निवासमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको गएराति मृत्यु भएको हो । ‘शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएका छौँ’, डीएसपी कार्कीले शनिबार बिहान नेपालखबरसँग भने, ‘मृत्युको एकिन कारण खुलिसकेको छैन, अनुसन्धान हुँदै छ।’ पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ। पूर्वप्रधानमन्त्रीहरूको सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरीका इन्स्पेक्टर र सई नेतृत्वमा सुरक्षाकर्मीको टोली खटाउने गरेको छ।