share 213 काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको बैठक काठमाडौंमा बसेको छ । बैठक माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ९ बजे सुरु भएको हो । पछिल्लो समय विकास भएको राजनीतिक घटनाको समीक्षा र आगामी योजना निर्माणका विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ । बैठकले प्रदेश सरकारको नेतृत्व र भूमिकाका बारेमा छलफल तथा निर्णय गर्ने एक सांसदले बताए । बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत वा मार्ग प्रशस्त गर्ने विषयमा निर्णय गर्ने बताइएको छ । मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत फेस नगर्ने पक्षमा रहेको छ । प्रदेशको ठुलो दल कांग्रेसको नेतृत्वमा सरकार गठन हुने भएपछि विश्वास मत लिन मुख्यमन्त्री जम्कट्टेलले इच्छा नदेखिएको बताइएको हो । पोस्टको नेभिगेसन बागमती सरकार : राजीनामा दिन मुख्यमन्त्री पर्खाइमा एमालेका मन्त्री, मुख्यमन्त्री जम्कट्टेल भन्छन्, ‘राजिनामा कि विश्वासको मत छलफलपछि टुंगो लाग्छ’ बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने, विश्वासको मत लिने