काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने रुस भ्रमणमा गएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा उनी रुस पुगेको हो ।
मोदी २२औं भारत-रुस शिखर सम्मेलनमा सहभागी हुन सोमबार मस्को पुगेको हो । भ्रमणका क्रममा पुटिन र मोदीबीच भेटवार्ताको कार्यक्रम राखिएको छ । मोदीको भ्रमणले दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउने भारतको विदेश मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दालाई स्थायित्व दिन छलफल हुने जनाइएको छ । पुटिन र मोदीले ऊर्जा र व्यापारका क्षेत्रलाई प्राथमिकता राखेर छलफल हुने कार्यतालिका छ । रुस-युक्रेन युद्ध सुरु भएपछि मोदी पहिलो पटक मस्को पुगेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरिएको छ ।