share 215 काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने रुस भ्रमणमा गएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा उनी रुस पुगेको हो । मोदी २२औं भारत-रुस शिखर सम्मेलनमा सहभागी हुन सोमबार मस्को पुगेको हो । भ्रमणका क्रममा पुटिन र मोदीबीच भेटवार्ताको कार्यक्रम राखिएको छ । मोदीको भ्रमणले दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउने भारतको विदेश मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दालाई स्थायित्व दिन छलफल हुने जनाइएको छ । पुटिन र मोदीले ऊर्जा र व्यापारका क्षेत्रलाई प्राथमिकता राखेर छलफल हुने कार्यतालिका छ । रुस-युक्रेन युद्ध सुरु भएपछि मोदी पहिलो पटक मस्को पुगेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरिएको छ । #एजेन्सी पोस्टको नेभिगेसन फ्रान्सका वाम दलको सरकार बन्नेबित्तिकै प्यालेस्टाइनलाई राज्यको मान्यता दिने घोषणा प्यालेस्टिनी सञ्चार माध्यमका अनुसार आइओएफद्वारा गर्यो ४० प्यालेस्टिनीको हत्या
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने रुस भ्रमणमा गएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा उनी रुस पुगेको हो । मोदी २२औं भारत-रुस शिखर सम्मेलनमा सहभागी हुन सोमबार मस्को पुगेको हो । भ्रमणका क्रममा पुटिन र मोदीबीच भेटवार्ताको कार्यक्रम राखिएको छ । मोदीको भ्रमणले दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउने भारतको विदेश मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दालाई स्थायित्व दिन छलफल हुने जनाइएको छ । पुटिन र मोदीले ऊर्जा र व्यापारका क्षेत्रलाई प्राथमिकता राखेर छलफल हुने कार्यतालिका छ । रुस-युक्रेन युद्ध सुरु भएपछि मोदी पहिलो पटक मस्को पुगेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरिएको छ । #एजेन्सी