एजेन्सी । फ्रान्समा भएको चुनावी परिणामसँगै राजनीतिक हलचल तीव्र भएको छ । वाम दलहरूको सरकार बन्नेबित्तिकै प्यालेस्टाइन राज्यलाई मान्यता दिने घोषणा गरेको हो ।
वामपन्थीहरूले निर्वाचनमा पहिलो नम्बरमा पकड जमाउन सफल भएपछि हलचल पैदा भएको छ । फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जिन ल्युक मेलेन्सोनले आफ्नो गठबन्ध प्यालेस्टाइन राज्यलाई मान्यता दिने तयारीमा रहेको बताएका हुन् । पछिल्लो समय युरोपका चार देश स्पेन, नर्वे, आयरल्यान्ड र स्लोभेनियाले प्यालेस्टाइन राज्यलाई मान्यता दिइसकेका छन् ।
आइतबार भएको दोस्रो तथा अन्तिम चरणको चुनावमा न्यू पपुलर फ्रन्ट १८२ सिटसहित सबैभन्दा अगाडि छ । आगामी सरकारमा उसको मूख्य भूमिका रहने निश्चित छ । मेलेन्सोले अघिल्लो प्रधानमन्त्री पनि न्यू पपुलर फ्रन्टबाटै हुने पनि बताएको छ ।
फ्रान्सको संसदीय चुनावको रुझान आएपछि राजधानी पेरिसका केही स्थानमा हिंसा भएको छ । अर्कातिर वामपन्थी समर्थकहरू ठूलो संख्यामा सडकमा उत्रिएर आइतबार रातिदेखि नै पेरिसको सडकमा विजय जुलुस निकालिहरेका छन् ।

