विद्यालयमा भएको आक्रमणमा एहाब अल-गुसैनका साथै अन्य तीन जनामा मारिएका छन् । गुसैन हमासका पूर्व आन्तरिक मन्त्रालयका प्रवक्ता थिए । उनी अहिले भने उपश्रममन्त्री थिए । खबरका अनुसार हमलामा भुँइतलामा भएका २ कक्षा क्षतिग्रस्त भएको छ ।
इजरायलले मृत्युको पुष्टि भने गरेको छैन । तर हवाई हमलामा आफूहरूले एउटा भवनलाई निशाना बनाएको र सो भवनबाट कयौँ आतङ्ककारी गतिविधि भइरहेको भन्ने अभिव्यक्ति दिइएको थियो ।
सो क्षेत्रको विद्यालय भवनमा हमासका लडाकुहरु बसिरहेको र सो क्षेत्रमा हतियार बनाउने कारखाना चलाइरहेको इजरायलले आरोप लगाएको छ । इजरायली सेनाले पूरै गाजामा सैन्य अभियान जारी राखेको छ । इजरायलको उत्तरी सीमामा हिजबुल्लाहले दुई स्थानमा रकेट प्रहार गरेको छ । जसमा एक व्यक्ति घाइते भएको बताइएको छ ।