share 281 काठमाडौं । महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निष्कासित भएपछि डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बजाउन नरोक्ने बताएको छ । उनलाई सोमबार बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री र पार्टी प्रवक्ताबाट हटाउँदै साधारण सदस्य मात्रै राख्ने निर्णय गरेको हो । पार्टीको उक्त निर्णयपछि रास्वपालाई रविको पार्टीबाट राष्ट्रिय पार्टी बनाउने संकल्प नरोकिने उनले बताए । उनले भने, ‘रवि लामिछाने क्लवबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन ।’ उनले पार्टीबाट कारबाही भोगेलगत्तै छोटो धारणा सार्वजनिक गरेपछि बाँकी कुरा भोलि गर्ने उल्लेख गरेको छ । ढकाललाई पार्टीको अनुशासन आयोगले साधारण सदस्यबाटै निष्कासन गर्न सिफारिस गरेको थियो । तर पार्टी बैठकले उनको साधारण सदस्यता भने जोगाइदिएको छ । पोस्टको नेभिगेसन रास्वपाले खोस्यो मुकुल ढकालको सबै पद, साधारण सदस्य सिमित नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
काठमाडौं । महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निष्कासित भएपछि डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बजाउन नरोक्ने बताएको छ । उनलाई सोमबार बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री र पार्टी प्रवक्ताबाट हटाउँदै साधारण सदस्य मात्रै राख्ने निर्णय गरेको हो ।
पार्टीको उक्त निर्णयपछि रास्वपालाई रविको पार्टीबाट राष्ट्रिय पार्टी बनाउने संकल्प नरोकिने उनले बताए । उनले भने, ‘रवि लामिछाने क्लवबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन ।’ उनले पार्टीबाट कारबाही भोगेलगत्तै छोटो धारणा सार्वजनिक गरेपछि बाँकी कुरा भोलि गर्ने उल्लेख गरेको छ । ढकाललाई पार्टीको अनुशासन आयोगले साधारण सदस्यबाटै निष्कासन गर्न सिफारिस गरेको थियो । तर पार्टी बैठकले उनको साधारण सदस्यता भने जोगाइदिएको छ ।