share 234 काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस भ्रमणमा पुगेको छ । सन् २०२२ फेब्रुअरी २४ मा रुस-युक्रेन युद्ध सुरु भएपछि मोदीले पहिलो पटक रुसको भ्रमण गरेको हो । यसअघि मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच १० वर्षमा १६ पटक भेटवार्ता भइसकेको छ । पुटिनले मोदीलाई राजधानी मस्को नजिकै रहेको नोभो ओग्य्रोभोस्थित आफ्नो निवासमा स्वागत गरेको थियो । मोदीको भ्रमणका क्रममा दुई मुलुकबीच रक्षा सम्झौतासहित भू-राजनीतिक विषयमा छलफल हुने रुसी सांसद अभय कुमार सिंहले बताए । भारतीय समाचार संस्था एएनआईसँग कुराकानी गर्दै सांसद सिंहले दुई नेताबीच रक्षा सम्झौता, साँस्कृतिक आदान प्रदानका साथै आर्थिक विषयमा पनि छलफल हुने जानकारी दिए । रुसले मोदीको भ्रमणलाई उच्च महत्व दिएको भन्दै उनले मोदीलाई आफ्नो मुलुकमा स्वागत गर्न रुसी जनता उत्साहित रहेको समेत बताए । सन् १९९१ मा रुसको कुस्र्क पुगेका सिंहले सन् २०१० मा रुसी नागरिकता प्राप्त गरेका थिए । लामो समयदेखि कुस्र्क शहरबाट निर्वाचित हुँदै उनी विधायकको जिम्मेवारीमा छन् । #एजेन्सी पोस्टको नेभिगेसन प्यालेस्टिनी सञ्चार माध्यमका अनुसार आइओएफद्वारा गर्यो ४० प्यालेस्टिनीको हत्या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई वितरण गर्यो ३ प्रकारका परिचयपत्र, यस्ता छन् सुविधा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस भ्रमणमा पुगेको छ । सन् २०२२ फेब्रुअरी २४ मा रुस-युक्रेन युद्ध सुरु भएपछि मोदीले पहिलो पटक रुसको भ्रमण गरेको हो ।
यसअघि मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच १० वर्षमा १६ पटक भेटवार्ता भइसकेको छ । पुटिनले मोदीलाई राजधानी मस्को नजिकै रहेको नोभो ओग्य्रोभोस्थित आफ्नो निवासमा स्वागत गरेको थियो । मोदीको भ्रमणका क्रममा दुई मुलुकबीच रक्षा सम्झौतासहित भू-राजनीतिक विषयमा छलफल हुने रुसी सांसद अभय कुमार सिंहले बताए । भारतीय समाचार संस्था एएनआईसँग कुराकानी गर्दै सांसद सिंहले दुई नेताबीच रक्षा सम्झौता, साँस्कृतिक आदान प्रदानका साथै आर्थिक विषयमा पनि छलफल हुने जानकारी दिए । रुसले मोदीको भ्रमणलाई उच्च महत्व दिएको भन्दै उनले मोदीलाई आफ्नो मुलुकमा स्वागत गर्न रुसी जनता उत्साहित रहेको समेत बताए । सन् १९९१ मा रुसको कुस्र्क पुगेका सिंहले सन् २०१० मा रुसी नागरिकता प्राप्त गरेका थिए । लामो समयदेखि कुस्र्क शहरबाट निर्वाचित हुँदै उनी विधायकको जिम्मेवारीमा छन् । #एजेन्सी