share 262 मस्को । रुसी यात्रुवाहक विमान शुक्रबार मस्को नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको छ । रुसी आपतकालीन मन्त्रालयका अनुसार विमानमा चालक दलका सदस्य मात्रै थिए । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सुखोई सुपरजेट १०० जङ्गलमा दुर्घटनाग्रस्त भएको र त्यसमा सवार तीनै जना चालक दलका सदस्यको मृत्यु भएको विश्वास गरिएको छ ।’ रुसी सरकारी सञ्चारमाध्यमका अनुसार मर्मत कार्यपछि परीक्षण उडानका क्रममा विमान दुर्घटनाग्रस्त भएको हो । रुसले केही समयदेखि पश्चिमी देशहरूले बनाएका विमानहरू प्रतिस्थापन गर्न स्वदेशी विमान सुखोई सुपरजेट विकास गर्दै आएको छ । सन् २०२२ मा युक्रेनमा भएको आक्रमणपछि रुसले ठूलो प्रतिबन्धको सामना गर्नु परेको छ । रुसले पश्चिमी देशहरूले लगाएको प्रतिबन्धका कारण आफ्नो पुरानो विमान फ्लिट बदल्न संघर्ष गरिरहेको छ । पोस्टको नेभिगेसन रूस-युक्रेन युद्धमा रुसमाथी चिनियाँ सहयोग नरोके मूल्य चुकाउनु पर्ने नेटोको चेतावनी युक्रेनी ड्रोन आक्रमणमा रुसी इन्धन डिपोमा आगलागी
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सुखोई सुपरजेट १०० जङ्गलमा दुर्घटनाग्रस्त भएको र त्यसमा सवार तीनै जना चालक दलका सदस्यको मृत्यु भएको विश्वास गरिएको छ ।’ रुसी सरकारी सञ्चारमाध्यमका अनुसार मर्मत कार्यपछि परीक्षण उडानका क्रममा विमान दुर्घटनाग्रस्त भएको हो । रुसले केही समयदेखि पश्चिमी देशहरूले बनाएका विमानहरू प्रतिस्थापन गर्न स्वदेशी विमान सुखोई सुपरजेट विकास गर्दै आएको छ । सन् २०२२ मा युक्रेनमा भएको आक्रमणपछि रुसले ठूलो प्रतिबन्धको सामना गर्नु परेको छ । रुसले पश्चिमी देशहरूले लगाएको प्रतिबन्धका कारण आफ्नो पुरानो विमान फ्लिट बदल्न संघर्ष गरिरहेको छ ।