मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सुखोई सुपरजेट १०० जङ्गलमा दुर्घटनाग्रस्त भएको र त्यसमा सवार तीनै जना चालक दलका सदस्यको मृत्यु भएको विश्वास गरिएको छ ।’ रुसी सरकारी सञ्चारमाध्यमका अनुसार मर्मत कार्यपछि परीक्षण उडानका क्रममा विमान दुर्घटनाग्रस्त भएको हो । रुसले केही समयदेखि पश्चिमी देशहरूले बनाएका विमानहरू प्रतिस्थापन गर्न स्वदेशी विमान सुखोई सुपरजेट विकास गर्दै आएको छ ।

सन् २०२२ मा युक्रेनमा भएको आक्रमणपछि रुसले ठूलो प्रतिबन्धको सामना गर्नु परेको छ । रुसले पश्चिमी देशहरूले लगाएको प्रतिबन्धका कारण आफ्नो पुरानो विमान फ्लिट बदल्न संघर्ष गरिरहेको छ ।