Skip to content
Global Galaxy News

Global Galaxy News

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline
अन्तर्राष्ट्रिय

रूस-युक्रेन युद्धमा रुसमाथी चिनियाँ सहयोग नरोके मूल्य चुकाउनु पर्ने नेटोको चेतावनी

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
share 284
एजेन्सी । चीनलाई युक्रेनविरूद्ध रूसी युद्धको निर्णायक भरथेग गरेको नेटोले आरोप लगाएको छ। नेटोको ७५औं वर्षगाँठको अवसरमा अमेरिकाको वासिङ्टनमा भएको ३२ सदस्य राष्ट्रहरूको शिखर सम्मेलनले युक्रेनलाई उक्त सैन्य गठबन्धनमा सामेल हुन नरोकिने गरी ‘अपरिवर्तनीय मार्ग’ सिर्जना गर्ने अठोट समेत गरेको छ ।

तत्कालीन सोभियत संघविरूद्ध बनाइएको सैन्य गठबन्धन नेटोले दशकौंदेखि चीनलाई टाढाको खतराको रूपमा मात्रै हेर्ने गर्थ्यो । तर आफ्नो घोषणापत्रमा बेइजिङलाई लिखितरूपमा युक्रेनविरुद्ध रूसको युद्धमा निर्णायक भूमिका खेलेको नेटोले आरोप लगायो । रूसी सेनालाई फेरि बलियो बनाउन महत्वपूर्ण हतियारमा प्रयोग हुने सामग्रीहरू र अन्य प्रविधिको ढुवानी रोक्न नेटेले माग गर्यो ।

युक्रेनमा आक्रमण गर्नुअघि रूसका राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०२२ फेब्रुअरी सुरूमा बेइजिङ पुगेका थिए । चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटपछि रूस र चीनले ‘नो लिमिट्स फ्रेन्डशिप’ घोषणा गरेका थिए । युक्रेनमा आक्रमण गर्नुभन्दा तीन साताअघि भएको उक्त भेटमा पुटिनले चीनलाई आक्रमणको योजनाबारे जानकारी दिएको पनि बताइन्छ । चीनले आक्रमणका लागि सहमति दिएको वा नदिएको विषय भने यकिन छैन । अमेरिका लगायत पश्चिमा राष्ट्रले आर्थिक नाकाबन्दी लगाएपछि रूसी तेलको सबभन्दा ठूलो खरिदकर्ता पनि अहिले चीन नै हो । दुई देशबीच व्यापक व्यापार वृद्धि भएपछि रूसलाई भरथेग भएको पश्चिमाहरुको आरोप रहेको छ । चीनले रूसलाई हतियार नै त दिएको छैन । हतियार बनाउन चाहिने सामग्री दिइरहेको भनेर आरोप अमेरिकाले लगाउँदै आएको छ । तर नेटोले यस्तो आरोप लगाएको थिएन । यसपटक नेटोले चीनलाई युद्धमा रूसलाई सघाएको मात्र नभनेर निर्णायक भूमिका नै खेलेको आरोप लगाएको छ ।

त्यति मात्र नभएर रूसलाई सहयोग गरे चीनले त्यसको मूल्य चुकाउनु पर्ने अप्रत्यक्ष चेतावनी पनि दिएको छ । चीनले कस्तो मुल्य चुकाउनु पर्ने भनेर नखुलाए पनि नेटोको घोषणापत्रले चीनले आफ्नो हित र प्रतिष्ठामा आँच नआउनेगरी पछिल्लो इतिहासमा युरोपको सबैभन्दा ठूलो युद्ध गर्न रूसलाई सहयोग गरिरहन नसक्ने बताएको छ । ‘मलाई लाग्छ कि यस शिखर सम्मेलनबाट नेटोबाट पठाइएको सन्देश धेरै बलियो र धेरै स्पष्ट छ । र हामीले रूसको युद्धलाई भरथेग गर्ने कुरामा चीनको जिम्मेवारीलाई स्पष्ट रूपमा परिभाषित गर्दैछौं,’ नेटोका महासचिव जेन्स स्टोल्टन्बर्गले भने । नेटोले युक्रेनलाई उक्त सैन्य गठबन्धनमा सामेल गर्ने दृढता पनि व्यक्त गरेको छ । नेटोले युक्रेनको सेनासँग थप सहजीकरणको घोषणा पनि गर्दै अर्को वर्ष एफ-१६ लडाकु विमानहरू र हवाइ रक्षा सहयोगसहित ४३ अर्ब डलरको सहायता दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

 

युक्रेनलाई नेटोको सदस्यता दिनेबारे सदस्य राष्ट्रहरू नै यस अघिसम्म विभाजित थिए । धेरै सदस्य राष्ट्रले वार्ताबाट रूससँगको युद्ध रोकेर युक्रेन नेटोमा नरही तटस्ठ रहनुपर्ने बताउँदै आएका थिए । तर यो शिखर सम्मेलनले युक्रेन नेटोमा सामेल हुनको लागि नरोकिने गरी ‘अपरिवर्तनीय मार्ग’ सिर्जना गर्ने अठोट गरेको छ । युक्रेन नेटोको सदस्य बन्ने तर्फ बढ्नु पुटिनका लागि व्यक्तिगत रूपमा पनि ठूलो हार हुनेछ । किनभने युक्रेनसँग जारी युद्धको बीउ उनले सन् २०१३ को अन्त्यतिर युक्रेनले केवल युरोपियन युनियनसँग व्यापारिक सम्झौता गर्ने योजना बनाए पछि रोपेका थिए । उनीसँग राम्रो सम्बन्ध भएका तत्कालीन युक्रेनी राष्ट्रपति भिक्टर यानुकोविचलाई बरू तिम्रो देशलाई विकास गर्न रूसले नै अर्बौं दिन्छ भनेर फकाए। व्यक्तिगत रूपमा पुटिनसँग राम्रो सम्बन्ध भएका र युक्रेनको पूर्वमा रहेको रूसी भाषीको बाहुल्य भएको क्षेत्रका रूसी भाषी यानुकोविचले माने र युरोपियन युनियनसँग हुन लागेको सम्झौता रोके।

युरोपियन युनियनसँगको व्यापार सम्झौताले कालान्तरमा युक्रेनको विकास धेरै हुन्छ भन्ने ठान्ने जनता यानुकोविचविरूद्ध सडकमा ओर्लिए। जननिर्वाचित राष्ट्रपतिविरूद्ध नै भए पनि जनताको स्वत:स्फुर्त विरोध भनेर अमेरिकालगायत पश्चिमा देशले त्यो आन्दोलनको समर्थन गरे। यानुकोविचले सुरूमा त्यो आन्दोलनको दमन गरे तर पछि थेग्न नसकेर २०१४ को फेब्रुअरीमा भागेर रूस गए। त्यसपछि पुटिन विरोधी सरकार बन्यो। अनि रिसको झोंकमा पुटिनले सामरिक र आर्थिक रूपले महत्वपूर्ण युक्रेनको क्राइमिया प्रायद्वीपमा रूसको आधिकारिक बर्दी नलगाएका सैनिक पठाए र सजिलै कब्जा गरे। र पछि चुनाव गराएर रूसमा गाभिएको घोषणा गराए।

त्यसपछि युक्रेनको रूसी-भाषीको बाहुल्यता रहेको डोनवास क्षेत्रमा पृथकतावादीहरूलाई पुटिनले हतियार दिएर लडाए भने २०२२ फेब्रुअरीमा त पुरै युक्रेन कब्जा गर्न रूसी सेना नै पठाएर आक्रमण गरे। पुटिनले युक्रेनमा आक्रमण गरेपछि भने अब युरोपियन युनियनसँग व्यापारिक सम्झौता गर्ने मात्रै नभएर युक्रेन युरोपियन युनियनको सदस्य बन्ने लगभग पक्का भएको छ। युद्ध पछि भएको वार्तामा युक्रेन युरोपियन युनियनको सदस्य हुने कुरा रूसले समेत स्वीकारेको थियो भन्ने खुलासा भइसकेको छ।

त्यतिमात्रै नभएर तटस्ठ बसेका रूससँग सिमाना जोडिएका स्वीडेन र फिनल्याण्ड पनि पुटिनले युक्रेन आक्रमण गरेपछि नेटोका सदस्य भइसकेका छन्। केहि गरी युक्रेन पनि नेटोको सदस्य भयो भने युरोपियन युनियनसँग व्यापारिक सम्झौता समेत रोक्न प्रयास गरेका पुटिनकै कारणले अन्ततः रूसको दैलोमै नेटो आइपुग्नेछ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

पोस्टको नेभिगेसन

युक्रेन युद्धमा ज्यान गुमाउने भारतीयका परिवारलाई नागरिकतासहित क्षतिपूर्ति दिने रुसको घोषणा
रुसी विमान मस्कोनजिक दुर्घटा हुँदा चालक दलका ३ सदस्यको मृत्यु भएको आशंका

Related Post

अन्तर्राष्ट्रिय

अमेरिका-इजरायलको हमलामा इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

२ महिना अगाडि २ महिना अगाडि २ महिना अगाडि
अन्तर्राष्ट्रिय

टोमाहकको जवाफ तुरुन्तै दिने पुटिनको चेतावनी

६ महिना अगाडि ६ महिना अगाडि ६ महिना अगाडि
अन्तर्राष्ट्रिय

गाजाको विनाश विश्वकै इतिहासमा दुर्लभ: १३ आणविक बम बराबर बारुद खसालियो

६ महिना अगाडि ६ महिना अगाडि ६ महिना अगाडि

You missed

धर्म-संस्कृति

टुँडालदेवी भजन समूहको चौथो वार्षिक उत्सव सम्पन्न

१ दिन अगाडि
ताजा समाचार

ट्रकको ठक्करबाट इन्स्पेक्टर अभय लामाको मृत्यु, गृहमन्त्रीद्वारा अन्तिम श्रद्धाञ्जली

२ दिन अगाडि
शिक्षा

निजी विद्यालयको शुल्कमा कडाइ, अब फोनबाटै उजुरी गर्न सकिने

३ दिन अगाडि
राष्ट्रिय

सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन

२ हप्ता अगाडि
Global Galaxy News

Proudly powered by WordPress | Theme: newstack by Themeansar.

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline