गुजरातका अश्विन भाइ मांगुकियाले बीबीसी हिन्दीलाई भने, ‘उनीहरूले मेरो खातामा ४५ लाख रुपैयाँ जम्मा गरिसकेको छ । १ करोड ३० लाख भारु क्षतिपूर्तिको बाँकी रकमबाट अझै अरू आउन बाँकी छ । सम्भवतः यही महिनाको १५ वा २० सम्ममा यो रकम पाइनेछ ।’
गत फेब्रुअरी २१ गते भएको मिसाइल आक्रमणमा परेर मांगुकियाका छोरा हमिलको मृत्यु भएको थियो । उनी २३ वर्षका थिए । एजेन्टले धोकापूर्ण तरिकाले उनलाई रुसी सेनामा भर्ती गराएका थिए । एजेन्टले उनीसँग रुसी सेनामा हेल्परको जागिर दिने वाचा गरेका थिए । तर उनलाई युद्ध मैदानमा लड्न पठाइएको थियो । राम्रो तलबको लोभ देखाएर युद्ध भूमिमा पठाउनेमा कम्तीमा ५० जना भारतीयहरू छन् ।
उनीहरूको उमेर २२ देखि ३१ वर्षबिच भएको बताइएको छ । यस मामिलामा व्यापक रूपमा छानबिन भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको रुस भ्रमणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले झुक्क्याएर युद्ध मैदानमा पठाइएका भारतीयहरूलाई स्वदेश फिर्ता पठाइने वाचा पनि गरेका छन् ।

