काठमाडौं । आइतबार सुनको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा आज सुनको कारोबार भएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम छ । आज पनि यही मूल्यमा सुनको कारोबार सुरु भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने घटेको महासंघले जानकारी दिएको छ । गत साता १९ सय रुपैयाँ रहेको चाँदीको मूल्य आज १८ सय ७५ रुपैयाँ कायम छ ।