share 256 काठमाडौं । आइतबार सुनको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा आज सुनको कारोबार भएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम छ । आज पनि यही मूल्यमा सुनको कारोबार सुरु भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने घटेको महासंघले जानकारी दिएको छ । गत साता १९ सय रुपैयाँ रहेको चाँदीको मूल्य आज १८ सय ७५ रुपैयाँ कायम छ । पोस्टको नेभिगेसन सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड कायम, तोलामा कति पुग्यो ? नेपाली बजारमा सुनको मूल्यले राख्यो नयाँ रेकर्ड