share 258 काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहबीच तीनवटा सुरक्षा निकायका प्रमुखले संयुक्त रूपमा शिष्टाचार भेट गरेको छ । सिंहदरबारस्थित मन्त्रालयलमा आज भएको भेटमा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवँर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी रहेका थिए । उनीहरुले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा शुभकामना दिनुका साथै आ-आफ्नो सुरक्षा निकायले गरेका कामबारे जानकारी गराएका थिए। भेटमा उपप्रधानमन्त्री सिंहले मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे समेत जानकारी लिएका उनको निजी सचिवालयले जनाएको छ। पोस्टको नेभिगेसन उपत्यका अपराध अनुसन्धान कार्यालय सर्यो टेकुमा अवैधानिक माध्यमबाट रेमिट्यान्स नपठाउन र नलिन सीआईबीको आग्रह