अवैध तरिकाबाट रकम पठाउँदा नेपालमा गैरकानुनी रकम आफन्तको खातामा जम्मा हुने गरेको भेटिएको सीआईबीका एसपी होविन्द्र बोगटीले बताए । उनले भने,‘गैर कानुनी रकम खातामा आउँदा खातावाल पनि कानुनी दायरामा आउँछन्, त्यसैले सावधानी अपनाउन आग्रह गरेका छौँ ।’
विदेशमा बस्नेहरूले पठाएको रकम अवैध तरिकाले खातामा जम्मा हुँदा रेमिट स्वीकार गर्नेहरू पनि पन्छिन नपाइने कानुनी व्यवस्था छ । पछिल्लो समय ‘पे’ वेल र सजिलो ‘पे’बाट सुन तस्करीको रकम कारोबार भएको भेटिएको छ ।

