share 221 सोल । दक्षिण कोरियाले भागेर आफ्नो देशमा आएका उत्तर कोरियाली कूटनीतिज्ञलाई उपमन्त्री बनाएको छ । पूर्व उत्तर कोरियाली कूटनीतिज्ञ तेई यो–होलाई दक्षिण कोरियाको राष्ट्रपतिको सल्लाहकार परिषद्को नयाँ नेता घोषित गरिएको छ । उत्तर कोरियाबाट भागेर बर्सेनि सयौँ मानिस दक्षिण कोरिया आउँछन् । यीमध्ये यति ठुलो पदमा नियुक्ति दिइएको यो-हो पहिलो व्यक्ति हुन् । ६२ वर्षका तेई सन् २०१६ मा भागेर दक्षिण कोरिया आउनुअघि बेलायतका लागि दक्षिण कोरियाका उप राजदूत थिए । उत्तर कोरियाले तेईलाई मानव फोहोरको संज्ञा दिएको थियो । उनलाई राज्यको कोष अपचलन गरेको र अन्य अपराध गरेको आरोप पनि लगाइएको छ । सन् २०२० मा तेई दक्षिण कोरियाको राष्ट्रियसभामा सिट जित्ने पहिलो उत्तर कोरियाली नागरिक बनेका थिए । तर अप्रिलमा भएको संसदीय निर्वाचनमा उनले आफ्नो सिट जोगाउन भने सकेनन् । पोस्टको नेभिगेसन आन्दोलनकारीद्वारा बङ्गलादेशको सरकारी टेलिभिजनको मुख्यालयमा आगजनी बंगलादेशमा देशभर कर्फ्यु, आरक्षण विरोधी आन्दोलनमा ३५ जनाको मृत्यु